२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • बार एसोसिएसन निर्वाचनः दुई वर्ष नवीकरण...

बार एसोसिएसन निर्वाचनः दुई वर्ष नवीकरण नगरेका करिब २१ सयको  नाम परे पछि नामावलीमा विवाद

बार एसोसिएसन निर्वाचनः दुई वर्ष नवीकरण नगरेका करिब २१ सयको  नाम परे पछि नामावलीमा विवाद

मंगलवार, फाल्गुण २० २०८११०:०६
मंगलवार, फाल्गुण २० २०८११०:०६
  • images

    काठमाडौँ । नेपाल बार एसोसिएसनको आसन्न केन्द्रीय कार्य समिति निर्वाचनमा विधानविपरितका व्यक्तिले मत हाल्न सकिने गरी नाम गए पछि विवाद देखिएको छ । 

    बारको विधानमा लगातार दुई आर्थिक वर्षदेखि सदस्य रहि हरेक वर्ष नवीकरण गरेकाबाट हुनुपर्ने व्यवस्था प्रष्ट भए पनि निर्वाचन समितिले सार्वजनिक गरेको ११ हजार ७ सय ७२ जनाको प्रथम नामावलीमा २१ सय बढी दुई वर्षदेखि नवीकरण नगरेका छन् । तर, उजुरी परेका व्यक्तिको नाममा मात्र अनुसन्धान हुने निर्वाचन समितिले बताए पछि विवाद देखिएको छ । 

    निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाले बारले २ वर्ष नवीकरण नगरेकाको नाम दिने विषय कल्पना गर्न नसकिने भन्दै उजुरी आएकाको हकमा मात्र हेरिने बताए । 

    उजुरी परेकाको हेर्छौं, उनले भने, सबैको ढड्टा पल्टाएर हेर्न सम्भव हुँदैन । तर, एमाले निकट कानुन व्यवसायीहरुको संस्था पिटिएलएले आफ्ना सदस्यविरुद्ध उजुरी दिएको र त्यसमा मात्र निर्वाचन समितिले अनुसन्धान गरेर डिएलएका मतदाता हटाउने प्रपञ्च गर्न खोजिएको भन्दै डिएलएपक्षीय अधिवक्ताहरुले विरोध जनाएका छन् । 

    विधान मिचेर हाम्रा मतदाता मात्र हटाउने हो भने निर्वाचन हुन दिइन्न, एक वरिष्ठ अधिवक्ताले भने, सबैका हकमा अनुसन्धान हुने हो भने मान्छौं । डिएलएले यसविरुद्ध भोलि बिहान १० बजेबाट निर्वाचन समितिको कार्यालय घेराउ र तालाबन्दी गर्ने चेतावनी दिएको छ ।

    बार अधिवेशनमा कानुन व्यवसायी परिषदको अद्यावधिकता विगतमा खोजिए पनि यसपाली खोज्ने नखोज्नेमा अन्यौलता छ । डिएलएले सबैका हकमा समान व्यवस्था हुनुपर्ने तर उजुरी गरेकाको हकमा मात्र कारबाही हुने अवस्था आए विरोध गर्ने बताए पछि अहिले बार अधिवेशन विवाद सतहमा आएको छ । 

    मंगलबार ४ बजे अन्तिम नामावली प्रकाशन गर्ने बारको तालिका छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend