काठमाडौं । अमेरिकाले थप एक नेपाली निष्काशन गरेको छ। मानव तस्करको सहयोगमा उनी अवैध ढंगबाट केसी थरका एक युवक अमेरिका पुगेका थिए। उनी केही समय बसेपश्चात त्यहाँको पीआर लिन अदालती प्रक्रियामा गएका थिए।
तर त्यहाँको अध्यागमन मामिला हेर्ने अदालतले उनको कागपत्रमा कैफियत फेला पारेपछि उनलाई पीआर दिन अस्वीकार गरेको थियो। पीआर दिन अस्वीकार गरेपछि अदालतले तत्काल अमेरिका छाड्ने आदेश दिएको थियो तर केसी थरका उनले अदालतको आदेश अवज्ञा गर्दै गैह्रकानुनी ढंगले काम गर्दै आएका थिए।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीलाई निकाल्न गरेको प्रयासमा केसी केहि समय अगाडि समेत पक्राउ गरे। त्यहाँको अध्यागमनले उनीमाथि थप अनुसन्धान गर्दै अमेरिकाबाट निष्काशन गरेको हो।

