२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • संसदमा उठ्यो कुलमान घिसिङको कार्यसम्पादन मूल्यांकनको...

संसदमा उठ्यो कुलमान घिसिङको कार्यसम्पादन मूल्यांकनको विषय

संसदमा उठ्यो कुलमान घिसिङको कार्यसम्पादन मूल्यांकनको विषय

बुधवार, फाल्गुण २१ २०८१०१:४०
बुधवार, फाल्गुण २१ २०८१०१:४०
  • images

    काठमाडौँ । नेकपा माओवादी केन्द्रले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कार्यसम्पादन मूल्यांकनको विषयलाई लिएर संसदमा विरोध गरेको छ। 

    बुधबार प्रतिनिधि सभाको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले घिसिङले कार्यसम्पादन मूल्यांकनको शून्य अंक राखेको भन्दै विरोध गरेका हुन्। 

    ‘सरकारलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ स्पष्टीकरण सोध्ने कुरा आइरहेको छ। विद्युत् प्राधिकरण नाफामा गइरहेको समयमा कार्यसम्पादन मूल्यांकनको शून्य अंक रहेको मिडियामा आइरहेको छ,’ उनले भने, ‘ विद्युतलाई नाफामा लगिरहेको समयमा शून्य अंक के हो ? ठिक ढंगले विद्युत प्राधिकरणमा काम गरिरहेको समयमा शून्य अंक के हो रु आज, भोलि, पर्सी स्पष्टीकरण केहो रु सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु।’

    उनले सभामुखमार्फत रुलिङ गर्न समेत माग गरे। उनले सभामुखमार्फत सरकारलाई रुलिङ नगरे सदन चल्न नदिने उल्लेख गरे।  

    यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बहाना बनाएर निष्कासनको तयारी गरिएको भन्दै आपत्ति जनाएको छ ।

    आकस्मिक समय लिएर बोल्दै रास्वपा कार्यबाहक प्रवक्ता समेत रहेका सांसद मनिष झाले सरकारप्रति प्रश्न उठाउँदै आपत्ति जनाएका हुन् ।

    उनले खबरदारी नै जारी गर्दै अघि भनेका छन्, ‘खबरदार भन्न चाहन्छौं, एउटा कुलमानलाई लखेट्यो भने हामी हजारौं कुलमान लिएर आउनेछौं ।’

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले घिसिङको आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिएको हो। कुलमानले प्राधिकरणमा दोस्रो कार्यकालको तेस्रो आर्थिक वर्षको कार्यसम्पादन मूल्यांकनमा शून्य अंक पाएको ऊर्जा मन्त्रालय सचिवालयले जानकारी दिएको छ। 

    तोकिएको समयभन्दा ढिला कार्यसम्पादन प्रतिवेदन बुझाएका कारण कुलमानलाई शून्य अंक दिइएको सचिवालय बताउँछ। मन्त्रालयले यही पुस २२ गते कुलमानलाई स्पष्टीकरण सोध्दै कार्यसम्पादन मूल्यांकन नबुझाएको बारेमा लिखित प्रश्न सोधेको थियो। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend