२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • नेकपा एकीकृत समाजवादीका स्याङ्जा जिल्ला अध्यक्ष...

नेकपा एकीकृत समाजवादीका स्याङ्जा जिल्ला अध्यक्ष पक्राउ

नेकपा एकीकृत समाजवादीका स्याङ्जा जिल्ला अध्यक्ष पक्राउ

बिहिवार, फाल्गुण २२ २०८११०:१९
बिहिवार, फाल्गुण २२ २०८११०:१९
  • images

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीका स्याङ्जा जिल्ला अध्यक्ष विष्णु गिरी बलात्कार अभियोगमा पक्राउ परेका छन् ।

    नेकपा एसको गण्डकी प्रदेश उपाध्यक्ष समेत रहेक गिरीलाई कास्की जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

    फागुन २ गते जबरजस्ती करणी मुद्दामा स्याङ्जा पुतलीबजार नगरपालिका–१४ का ५१ वर्षीय गिरीलाई कास्की जिल्ला अदालतले पक्राउको अनुमति दिएपछि घरबाटै उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

    पक्राउ परेका गिरीलाई कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ । प्रहरीले घटनाको प्रकृति भने खुलाएको छैन ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend