२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवै सदनको...

प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवै सदनको बैठक बस्दै, केछन् कार्यसूची ?

प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवै सदनको बैठक बस्दै, केछन् कार्यसूची ?

शुक्रवार, फाल्गुण २३ २०८१०८:२७
शुक्रवार, फाल्गुण २३ २०८१०८:२७
  • images

    काठमाडौँ । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दैछ ।प्रतिनिधिसभा अपराह्न १ बजे बस्नेछ भने राष्ट्रियसभा सवा १ बजे बस्न लागेको हो । आजको प्रतिनिधिसभा बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापनसम्बन्धी कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

    आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगको २४औँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची पनि रहेको छ । यस्तै व्यवस्थापन कार्य अन्तर्गत आज उर्जामन्त्री दीपक खड्काले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।

    यस्तै, राष्ट्रियसभा बैठकमा मन्त्रीसँगको प्रश्नोत्तर हुनेछ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची तय भएको हो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०७९/८० को छैटौँ वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची पनि रहेको छ ।

    अर्थमन्त्री विष्णु पौडेलले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend