२०८३, आश्विन २२ गते

images

दुर्घटनामा तनहुँका कांग्रेस नेता पौडेलको निधन

दुर्घटनामा तनहुँका कांग्रेस नेता पौडेलको निधन

आइतवार, फाल्गुण २५ २०८१०३:३८
आइतवार, फाल्गुण २५ २०८१०३:३८
  • images


    काठमाडौं ।  मोटरसाइकल दुर्घटनामा नेपाली कांग्रेसका एक नेताको निधन भएको छ । दुर्घटनामा शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा निवासी कांग्रेस तनहुँको आमन्त्रित सदस्य वर्ष ५२ को बालकृष्ण पौडेलको निधन भएको हो ।

    पृथ्वीराजमार्गअन्तर्गत पोखराबाट बेलचौतारा जाँदै गरेको ग १३ प ५०६२ नम्बर नम्बरको मोटरसाइकल तनहुँको शुक्लागण्डकी नगरपालिका–२ नर्सरीमा आफैँ अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा उनी घाइते भएका थिए । घाइते पौडेलको बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचारका लागि लगिएकोमा चिकित्सकले शनिबार राति उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख वीरेन्द्रबहादुर शाहीले जानकारी दिए । 

    उनको निधन प्रति नेपाली कांग्रेस तनहुँद्वारा शोक विज्ञप्ति प्रकाशित गरी दुःख व्यक्त गरिएको छ । यसैगरी, नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु शङ्कर भण्डारी, गोविन्द भट्टराईले आइतबार शोक विज्ञप्ति मार्फत गहिरो दुःख व्यक्त गरेका छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend