२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • राप्रपाले महानगरलाई बुझायो जरिबाना बापतको १...

राप्रपाले महानगरलाई बुझायो जरिबाना बापतको १ लाख

राप्रपाले महानगरलाई बुझायो जरिबाना बापतको १ लाख

सोमवार, फाल्गुण २६ २०८१०२:०६
सोमवार, फाल्गुण २६ २०८१०२:०६
  • images

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबारको प्रदर्शनमा फोहोरमैला भएबापत काठमाडौं महानगरपालिकालाई जरिबाना बुझाएको छ । महानगरले तोकेको १ लाख रूपैयाँ जरिबाना राप्रपाले बुझाएको हो ।

    पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न राप्रपालगायत राजावादी शक्तिहरूले हिजो जनप्रदर्शन गरेका थिए । उक्त जनप्रदर्शनका सहभागीहरूबाट एयरपोर्ट तिलगंगा, गौशलालगायत सार्वजनिक क्षेत्रका सडकमा फोहोर मैला र भौतिक क्षति भएको महानगरको दाबी छ । 

    महानगरले फोहोरमैला व्यवस्थापन ऐन, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन तथा काठमाडौं महानगरपालिकाको आर्थिक ऐनबमोजिम जरिबाना लगाएको हो ।

    राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले महानगरको खातामा १ लाख रकम आज दाखिला गरेको बताएका छन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend