२०८३, आश्विन २२ गते

images

बीमा रकम प्राप्त गर्ने मनसायले आफ्नै पसलमा आगो लगाउने व्यक्ति पक्राउ

बीमा रकम प्राप्त गर्ने मनसायले आफ्नै पसलमा आगो लगाउने व्यक्ति पक्राउ

सीएनएन खबर
सोमवार, फाल्गुण २६ २०८१०२:४१
सीएनएन खबर
सोमवार, फाल्गुण २६ २०८१०२:४१
  • images

    काठमाडौं । पोखरा महानगरपालिका-८ न्युरोडस्थित आफ्नै पसलमा आगो लगाएर बीमा रकम ठगी गर्ने प्रयास गर्ने रमेश शर्मा लोहार पक्राउ परेका छन्। उनले शिखर इन्स्योरेन्स कम्पनीमा एक करोड रुपैयाँको बीमा गरिसकेपछि नियोजित रूपमा पसलमा आगो लगाएको अनुसन्धानबाट खुलेको छ। आगलागीपछि उनले ९४ लाख रुपैयाँ क्षतिको दाबी गरेका थिए। प्रहरीको अनुसन्धानबाट बीमा रकम लिने दुर्भावनाले उनले घटना घटाएको पुष्टि भएपछि उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ।

    आगलागी हुदा जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी टोली खटिई तत्काल दमकलको सहयोगमा आगो पुर्ण रुपमा नियन्त्रणमा आएको थियो  । त्यस घटना पश्चात पसल धनी रमेश शर्मा लोहारले ९४ लाख क्षति भएको भनी गत १७ गते वडा प्रहरी कार्यालय वैदाममा निवेदन दिएका थिए । 

    घटनाको वारेमा अध्ययन गर्दा शिखर इन्स्योरेन्स कम्पनीमा एक करोड बराबरको बीमा गरेको पाइएपछि घटना शंकास्पद लागेका जिल्ला प्रहरी कार्यालय कास्कीका  प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए ।

     उनका अनुसार कामदार बिदामा रहेको अवस्थामा गत माघ महिनामा ईन्सुरेन्स गराएको रकम दावी गरी रकम लिने दुषित मनसायको साथ आफ्नै पसलमा शर्माले आगोलागी गरेका पाइएको बताए । 

    उनलाई पक्राउ गरी आपराधिक प्रवेश तथा आपराधिक उपद्रब सम्बन्धी कसूरमा सम्मानित कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरी उपरीक्षक ओलियाले जानकारी दिए ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend