२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • 'चैत १ गतेदेखि बृहत् राष्ट्रवादी आन्दोलन...

'चैत १ गतेदेखि बृहत् राष्ट्रवादी आन्दोलन गर्छौँ’

'चैत १ गतेदेखि बृहत् राष्ट्रवादी आन्दोलन गर्छौँ’

सोमवार, फाल्गुण २६ २०८१०३:२३
सोमवार, फाल्गुण २६ २०८१०३:२३
  • images

    काठमाडौं । राप्रपाका महामन्त्री डा.धवलशमशेर राणाले चैत १ गतेदेखि वृहत् राष्ट्रवादी आन्दोलन गर्ने बताएका छन् ।

    आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले राजतन्त्र फर्काउने उद्देश्यका साथ  चैत १ गतेदेखि बृहत् राष्ट्रवादी आन्दोलनको सुरुवात गरिने बताए ।

    ‘अब राष्ट्र, धर्म, संस्कृतिको रक्षा तथा स्वाभिमानी नेपाल निर्माणका लागि आउँदो चैत महिनाको १ गतेदेखि बृहत् राष्ट्रवादी अआन्दोलनको सुरुवात गरिँदै छ। सनातन धर्म र राजसंस्थाको पक्षमा ऐक्यबद्धता जनाउन सबै राष्ट्रप्रेमी नेपालीहरूलाई सक्रिय सहभागिताको लागि आह्वान गर्दछु’, उनले भने।

    राप्रपाको आन्दोलन परिचालन समितिका संयोजक समेत रहेका उनले पूर्वराजा ज्ञानेन्द्र शाह स्वागत भव्य भएको समेत बताए । राप्रपाले यसअघिदेखि नै आन्दोलनको तयारीस्वरुप काठमाडौँसहित विभिन्न सहरमा प्रदर्शन गर्दै आएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend