२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • कोशी प्रदेशसभाः प्रधानमन्त्रीले सम्बोधन गर्दा प्रतिपक्षीले...

कोशी प्रदेशसभाः प्रधानमन्त्रीले सम्बोधन गर्दा प्रतिपक्षीले बहिष्कार नगर्ने

कोशी प्रदेशसभाः प्रधानमन्त्रीले सम्बोधन गर्दा प्रतिपक्षीले बहिष्कार नगर्ने

मंगलवार, फाल्गुण २७ २०८१०१:५३
मंगलवार, फाल्गुण २७ २०८१०१:५३
  • images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेशसभालाई सम्बोधन गर्दा बहिष्कार गर्ने भनिरहेका विपक्षी दलहरू पनि सहभागी हुने भएका छन्। आज प्रदेश सभामा हुने प्रधानमन्त्रीको सम्बोधनमा माओवादी र एकीकृत समाजवादी सहभागी हुने भएका हुन्। आज मंगलबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँगको छलफलपछि विपक्षीहरू पनि प्रदेशसभा बैठकमा सहभागी हुने भएका हुन्।

    कोशीका विपक्षीको ‘कन्सर्न’ लाई मुख्यमन्त्री कार्कीले ‘सकारात्मक रूपमा सम्बोधन गर्ने’ प्रतिबद्धता जनाएको भन्दै उनीहरू सहभागी हुन लागेका हुन्। कार्कीले आज बिहान माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोसँग छलफल गरेका थिए । विपक्षी दलहरू माओवादी केन्द्र राप्रपा एकीकृत समाजवादीको तर्फबाट छलफल गर्ने जिम्मा लिएर आङ्बोले मुख्यमन्त्री कार्कीसँग भेटवार्ता गरेका थिए ।

    भेटमा मुख्यमन्त्री कार्कीले सकारात्मक ढङ्गले सहयोग गरेर जाऔँ भन्ने प्रस्ताव राखेका थिए । मुख्यमन्त्रीसँगको भेट र चालिने कदमको विषयमा विपक्षी दलहरुको बैठक संयुक्त रूपमा बसेर टुंगोमा पुग्ने आङ्बोले बताएका थिए ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend