२०८३, आश्विन २२ गते

images

यी दश निर्माण कम्पनी कालोसूचीमा

यी दश निर्माण कम्पनी कालोसूचीमा

बुधवार, फाल्गुण २८ २०८११२:५९
बुधवार, फाल्गुण २८ २०८११२:५९
  • images

    काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले थप १० निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ ।

    विभिन्न निकायबाट कालोसूचीमा राख्न सिफारिस भई आएका १० निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कार्यालयको फागुन ५ गतेको निर्णयअनुसार कालोसूचीमा राखिएको हो ।


    कालोसूचीमा परेकाहरूले बुधबारदेखि लागू हुने गरी कम्तीमा एक वर्षदेखि डेढ वर्षसम्म कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा सहभागी हुन पाउनेछैनन् ।

    यी कम्पनीहरूले कालोसूचीमा रहेको अवधिभर सार्वजनिक खरिदमा भाग लिन पाउने छैनन्। धुर्कोट गाउँपालिका, गुल्मीले सिफारिस गरेको तारालक्ष्मी ममता मञ्जु जेभी, सभापोखरी गाउँपालिका, संखुवासभाले सिफारिस गरेको सनमरनिर्जरा जेभीलाई कालोसूचीमा राखिएको छ।

    यसैगरी, सीताराम मावि, डोटीले सिफारिस गरेको इन्द्रेणी बिल्डर्स एण्ड सप्लायर्स प्रालि, काठमाडौं र सशस्त्र प्रहरी बल नेपाल, महोत्तरीले सिफारिस गरेको जीएस। कमन जेभी, काभ्रेलाई पनि कालोसूचीमा राखिएको छ।

    त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सिफारिस गरेको राजेन्द्र निर्माण, काठमाडौं पनि कालोसूचीमा परेको छ। कार्यालयले यी कम्पनीहरूलाई सार्वजनिक खरिद ऐन, २०६३ अनुसार कारबाही गरेको जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend