२०८३, आश्विन २१ गते

images

स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट

स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट

शुक्रवार, चैत्र १ २०८११२:५४
शुक्रवार, चैत्र १ २०८११२:५४
  • images

    काठमाडौं । स्वरोजगार लघुवित्तको थप सार्वजनिक निष्काशन (एफपीओ) बाँडफाँट भएको छ। लघुवित्तको धितोपत्र बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज एफपीओ बाँडफाँट गरेको हो। 

    बाँडफाँटमा १९ हजार ५ सय ७७ जनाले सेयर पाएका छन्। जसमध्ये १९ हजार ५ सय ७४ जनाले १० कित्ताका दरले र ३ जनाले ११ कित्ताका दरले सेयर पाएका हुन्।

    उक्त एफपीओमा १७ लाख ८० हजार ४ सय ५७ जनाले कुल २ करोड १७ लाख १५ हजार ७ सय ५० कित्ताको लागि आवेदन दिएका थिए। जसमा २ हजार ६ सय ६४ जना आवेदकको आवेदन रद्द भएको थियो। बाँकी रहेका १७ लाख ७७ हजार ७ सय ९३ जनाबाट १९ हजार ५ सय ७४ जनाले सेयर बाँडिएको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend