२०८३, आश्विन २२ गते

images

बानेश्वरमा इनारमा खसेका कामदारको उद्धार(भिडियो)

बानेश्वरमा इनारमा खसेका कामदारको उद्धार(भिडियो)

शुक्रवार, चैत्र १ २०८१०१:०६
शुक्रवार, चैत्र १ २०८१०१:०६
  • images

    काठमाडौं । बानेश्वरमा इनारमा खसेका व्यक्तिको प्रहरीले उद्धार गरेको छ। शुक्रबार बिहान सवा नौबजे काठमाडौँ महानगरपालिका-१० शंखमुल विद्यापति मार्गस्थित उत्तम अर्यालको घर नजिकको इनारमा खसेका कामदारको प्रहरीले उद्धार गरेको हो। 

    अर्याल घरको कम्पाउण्ड पछाडी रहेको करिब ३० फिट गहिरो इनारमा खसेका  कैलाली धनगढी उप-महानगरपालिका- ८ क्यामपस रोड स्थायी घर भई हाल  शंखमुल बस्दै आएका ४३ वर्षीय सतिष साहको उद्धार गरिएको बानेश्वर प्रहरी वृक्तले जनाएको छ।  इनार सफा गर्नेक्रममा ढकल फुट्दा साह इनारमा खसेका थिए। इनारबाट निकाले प्रहरीले उनलाई मिनभवन स्थित सिभिल अस्पताल लगेको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend