२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित...

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

आइतवार, चैत्र ३ २०८१०८:०४
आइतवार, चैत्र ३ २०८१०८:०४
  • images

    काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको संसद् सचिवालय जनाएको छ । 

    बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । 

    त्यस्तै उनले निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ । 

    बैठकमा उनै पौडेलले आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने भएका छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend