२०८३, आश्विन २२ गते

images

सार्वजनिक जग्गामा बनाइएको घरटहरा भत्काउन गएका वडाध्यक्षमाथि रड प्रहार(भिडियो)

सार्वजनिक जग्गामा बनाइएको घरटहरा भत्काउन गएका वडाध्यक्षमाथि रड प्रहार(भिडियो)

आइतवार, चैत्र ३ २०८१०२:२५
आइतवार, चैत्र ३ २०८१०२:२५
  • images

    काठमाडौं । पोखरा महानगरपालिका वडा नम्बर २१ का वडाध्यक्ष दिपक सुबेदीमाथि रड हान्ने प्रयास भएको छ । उक्त भिडियो यति बेला सामाजिक संजालमा भाइरल बनेको छ । उक्त भिडियोमा सार्वजनिक जग्गा मिचेर बनाइएको घरटहरा भत्काउन गएका वडाध्यक्ष सुबेदीमाथि एक व्यक्तिले रड हान्ने प्रयास गरेको देखिएको छ ।

    सार्वजनिक जग्गा मिचेर घरटहरा नबनाउन अनुरोध गरिरहेका वडाध्यक्ष सुबेदीलाई आफू ७१ वर्षको बृद्ध बताउने ती व्यक्तिले रडले हान्न खोज्दा त्यहाँ उपस्थित अन्य जनप्रतिनिधि र स्थानीय बासिन्दाले छडले हान्न रोकेको उक्त भिडियोमा प्रस्ट देखिन्छ ।

    त्यसपछि घटनास्थलमा पुगेको पोखरा महानगरको नगर प्रहरी टोलीले सार्वजनिक जग्गा मिचेर बनाइएको भनिएको उक्त टहरो भत्काएको पनि त्यस भिडियोमा देखिएको छ ।

    पोखराका मेयर धनराज आचार्यले यो घटनाको निन्दा गरेका छन् ।उनले संरचना हटाउन अनुरोध गर्दै कागजपत्र लिएर कार्यालय आउन अनुरोध गर्दा अटेर गरी उल्टै जनप्रतिनिधिलाई हातपात गरेको सामाजिक सञ्जालमा लेखेका छन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend