२०८३, आश्विन २२ गते

images

रघुजीलाई ज्ञानेन्द्रको जवाफ: तपाईंजस्तो ओलीको पछाडि हिँडेर आएको होइन

रघुजीलाई ज्ञानेन्द्रको जवाफ: तपाईंजस्तो ओलीको पछाडि हिँडेर आएको होइन

आइतवार, चैत्र ३ २०८१०३:१६
आइतवार, चैत्र ३ २०८१०३:१६
  • images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले आफू जुम्लाबाट हाहा होहो गरी नभएर जनताबाट चुनाव जितेर आएको बताएका छन्।

    आइतबार प्रतिनिधि सभाको बैठकमा एमाले सांसद रघुजी पन्तले शाहीलाई आफूसँग बहस गर्न इतिहास पढेर आउन र इतिहास पढ्न हाहाहोहो गरेजस्तो नहुने बताएका थिए।

    पन्तलाई जवाफ दिँदै शाहीले आफू जनताबाट चुनाव जितेर आएको बताएका हुन्। शाहीले पन्त जसरी प्रधानमन्त्री केपी शर्मा ओलीको पछाडि हिँडेर सेतोलाई कालो कालोलाई सेतो भनेर निगाह थापेर नआएको पनि बताएका छन्।

    शाहीले लेखेका छन्, 'जुम्लाबाट हाहा हो हो गरेर आएको होइन जनताबाट चुनाव जितेर आएको हो माननीय ज्यू तपाईँ जस्तो प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको पछाडि हिँडेर सेतोलाई कालो कालोलाई सेतो भनेर निगाह थापेर आएको होइन।'

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend