२०८३, आश्विन २२ गते

images
  • प्रमुख समाचार
  • रघुजी पन्तले ज्ञानेन्द्र शाहीमाथि बोलेका मिस्टर,तपाईं...

रघुजी पन्तले ज्ञानेन्द्र शाहीमाथि बोलेका मिस्टर,तपाईं र तिमी शब्द हटाउन राप्रपाको माग

रघुजी पन्तले ज्ञानेन्द्र शाहीमाथि बोलेका मिस्टर,तपाईं र तिमी शब्द हटाउन राप्रपाको माग

सोमवार, चैत्र ४ २०८१०१:२२
सोमवार, चैत्र ४ २०८१०१:२२
  • images

    काठमाडौं । राप्रपा सांसद दिपकबहादुर सिंहले आफ्ना सांसद ज्ञानेन्द्रबहादुर शाहीमाथि नेकपा एमालेका सांसदले अपशब्द बोलेको भन्दै आपत्ति जनाएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले एमाले सांसद रघुजी पन्तले सांसद शाहीको मानहानी गरेको भन्दै सचेत गराउन माग गरेका हुन्। उनले  सांसद शाहीमाथि मिस्टर, तपाईं, तिमी भनेको भन्दै आपत्ति जनाए।

    सांसद सिंहले जुम्लाबाट जनताले चुनेर पठाएका सांसद शाहीमाथि अपशब्द बोलेर मानहानी गरेको भन्दै एमाले सांसद पन्तको अभिव्यक्ति रेकर्डबाट हटाउन र सचेत गराउनुपर्नेमा जोड दिए।

    आइतबारको प्रतिनिधिसभा बैठकमा एमाले  सांसद रघुजी पन्तले  पूर्व राजाहरूको आलोचना गरेपछि राप्रपा सांसद शाहीले उठेर विरोध जनाएका थिए।  सांसद पन्तले सम्बोधनका क्रममा राजाकालमा घटेका विभिन्न घटनाले देशलाई अन्धकारतिर धकेलेको बताएपछि सांसद शाहीले बिना प्रमाण आधारहिन कुराहरू संसदमा नबोल्न भनेका थिए। त्यसपछि सांसद पन्तले आफूले बोलेका कुरामा सत्यता नभए इतिहास पढेर आफूसँग बहस गर्न आउन शाहीलाई चेतावनी समेत दिएका थिए।

    'हिजो भर्खर एउटा झुटो इतिहास सुनाएर माननीय सांसद जुम्लाका ज्ञानेन्द्रबहादुर शाहीलाई अपशब्द बोलिकन मानहानीसँग यहाँ जोड्नुभयो। तिमी र तपाईं मिस्टर भनेर सम्बोधन भयो। ज्ञानेन्द्र शाही कर्णालीबाट जितेर आएका सांसद हुन्। उहाँले यी गठबन्धन र लठबन्धनको भन्दा बढी मतले जित्नु भएको हो। संसदमा मर्यादाहिन तरिकाले पेस हुनु गैर जिम्मेवारी हो। त्यो रेकर्डबाट मेटिनुपर्छ। ती सांसदलाई सचेत हुनको लागि सभामुखमार्फत अनुरोध गर्न चाहन्छु,'उनले भने।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend