काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ‘टपअप र फोनपे डाइरेक्ट गरौं, बम्पर उपहार जितौं’ अभियान सार्वजनिक गरेको छ । डिजिटल बैंकिङलाई प्रवर्द्धन गर्ने उद्देश्यले ल्याइएको यस योजनाअन्तर्गत ग्राहकहरूले विभिन्न आकर्षक उपहार जित्न सक्नेछन् ।
बैंकका अनुसार यो अभियानमा सहभागी हुन ग्राहकहरूले आरबीबी डिजिटल संसार मोबाइल बैंकिङ एप मार्फत कम्तीमा १०० रुपैयाँको मोबाइल टपअप वा ५०० रुपैयाँको फोनपे डाइरेक्ट कारोबार गर्नुपर्नेछ । उक्त कारोबार पूरा गर्ने ग्राहकहरू साप्ताहिक र बम्पर उपहार जित्ने अवसरका लागि योग्य हुनेछन् ।
यस योजनाअन्तर्गत हरेक हप्ता १०० जना भाग्यशाली विजेताले १०० रुपैयाँको मोबाइल टपअप प्राप्त गर्नेछन् । त्यस्तै, अभियानको अन्त्यमा एक भाग्यशाली विजेताले नयाँ आईफोन १६ जित्ने मौका पाउनेछन् ।
बैंकले मोबाइल टपअप र फोनपे डाइरेक्ट कारोबारलाई प्रवर्द्धन गर्दै डिजिटल बैंकिङलाई अझ सहज र सुरक्षित बनाउन यो योजना ल्याएको जनाएको छ । अभियान चैत्र १ गतेदेखि चैत्र ३१ गतेसम्म सञ्चालन हुनेछ ।
राष्ट्रिय वाणिज्य बैंकले ग्राहकलाई डिजिटल माध्यमबाट कारोबार गर्न प्रेरित गर्दै आएको छ । यस अभियानले बैंकिङ कारोबारलाई डिजिटल प्रविधिमैत्री बनाउन मद्दत गर्ने बैंकको विश्वास छ ।

