२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • मुलुकलाई पश्चगामी दिशामा फर्काउने प्रयास सफल...

मुलुकलाई पश्चगामी दिशामा फर्काउने प्रयास सफल नहुने एमालेको निष्कर्ष

मुलुकलाई पश्चगामी दिशामा फर्काउने प्रयास सफल नहुने एमालेको निष्कर्ष

सोमवार, चैत्र ४ २०८१०६:०१
सोमवार, चैत्र ४ २०८१०६:०१
  • images

    काठमाडौं । नेकपा एमालेले मुलुकलाई पश्चगामी दिशामा फर्काउने प्रयास सफल हुन नसक्ने निष्कर्ष निकालेको छ। पार्टी कार्यालय च्यासलमा सोमबार बसेको एमाले सचिवालय बैठकले विशेष प्रस्ताव पारित गर्दै यो निष्कर्ष निकालेको हो।

    एमाले बैठकले प्राप्त उपलब्धिहरूलाई अस्वीकार गर्ने, नकारात्मक भाष्य निर्माण गर्ने, जनता र राष्ट्रको मनोबल खस्काउने र त्यसैको बहानामा मुलुकलाई अलोकतान्त्रिक दिशमा पछाडि फर्काउने प्रयास स्वीकार्य नहुने जनाएको हो।

    केही समययता लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानविरूद्ध भइरहेका सुनियोजित गतिविधिहरूप्रति गम्भीर ध्यानाकर्षण भएको एमालेको विशेष प्रस्तावमा उल्लेख छ।

    उपमहासचिव प्रदीप ज्ञवालीले बैठकले मुलुकको परिवर्तन उल्ट्याउने र मुलुकलाई पश्चगामी दिशातिर फर्काउने कुनै पनि प्रयास सफल हुन नसक्ने निष्कर्ष निकालेको जानकारी दिए।

    २१ औँ शताब्दीमा पनि जन्मजात श्रेष्ठताको वंशगत शासनको बहस आफैँमा हास्पास्पद, हानिकारक र निरर्थक रहेकोमा बैठकले विशेष जोड दिएको उनले बताए।

    u1.jpg
    undefined
    u2.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend