२०८३, आश्विन २२ गते

images

भोजपुरमा सामुदायिक वनको डढेलो बस्तीमा फैलिँदा ८ घर जलेर नष्ट

भोजपुरमा सामुदायिक वनको डढेलो बस्तीमा फैलिँदा ८ घर जलेर नष्ट

सोमवार, चैत्र ४ २०८१०९:४२
सोमवार, चैत्र ४ २०८१०९:४२
  • images

    काठमाडौं । भोजपुरको भोजपुर नगरपालिका-१२ मा भीषण आगलागी भएको छ। इनामे सामुदायिक वनबाट बस्तीमा फैलिएको आगोले ८ घर-पाली जलेर नष्ट भएको भोजपुर प्रहरीले जनाएको छ।

    आगलागीबाट स्थानीय कालीदास चपागाईंको पाली, सोभित श्रेष्ठको घर र पाली, गोपीकृष्ण धमलाको पाली, गोविन्द चापागाईंको पाली, रुद्रप्रसाद ढकालको घर र पाली, गोमा दमाईको घर, रामबाहदुर कार्कीको घर र पाली र शंकर धमलाको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार आगलागीबाट गोमा दमईको दुई वटा सुँगुर समेत मरेको छ। इनामे सामुदायिक वन अन्तर्गत पारपाने टङटङ्गे डाँडाबाट आगो बस्तीमा फैलिएको थियो।

    नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयहरूले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। आगलागी क्षेत्रमा हावाहुरी चलिरहेका कारण आगो नियन्त्रणमा लिन अझै नसकिएको  भोजपुर प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend