काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा दिनेशप्रसाद भट्ट नियुक्त भएका छन्। आजको मन्त्रिपरिषद् बैठकले भट्टलाई कार्यकारी प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
बैतडीका भट्टको नाम पहिलो नम्बरमा सिफारिस भएको थियो। सुमनकुमार कर्ण र मन्दिप सुवेदीसहित ३ जनाको नाम सिफारिस भएकामा उनी नियुक्त भएका हुन्। यसअघि अनिल पोखरेल कार्यकारी प्रमुख थिए।

