२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • दुर्गा प्रसाईँको आरोप, मंगलबार टोखामा बरामद...

दुर्गा प्रसाईँको आरोप, मंगलबार टोखामा बरामद रकम माओवादीको हो

दुर्गा प्रसाईँको आरोप, मंगलबार टोखामा बरामद रकम माओवादीको हो

बुधवार, चैत्र ६ २०८११२:१०
बुधवार, चैत्र ६ २०८११२:१०
  • images

    काठमाडौँ । राजसंस्था पुनर्स्थापनाको अभियान चलाइरहेका व्यवसायी दुर्गा प्रसाईँले सोमबार टोखाबाट बरामद भएको २५ करोड रुपैयाँ रकम माओवादीको भएको दाबी गरेका छन्।

    बुधबार पत्रकार सम्मेलन गर्दै प्रसाईंले यस्तो रकम दिनहुँ तस्करी भइरहेको र यसमा ठूला नेताको संलग्नता रहेको दाबी गरे। 

    प्रसाईँले पछिल्लोपटक समातिएको रकम माओवादीको भएको र माओवादीनिकट तिब्बतीले लगिरहेको बताए। उनले भने, ‘हिजो पक्रिएको पैसा नेता र सुन तस्करको पैसा हो। त्यो माओवादीनिकट एकजना टिविटेनसँग खाने मान्छेको पैसा हो।’

    प्रहरीले करिब २५ करोड नेपाली रुपैयाँबराबरको विदेशी अवैध मुद्रासहितको ट्रक र चालकलाई नियन्त्रणमा लिई हिजो पत्रकार सम्मेलन गरेको थियो। उक्त रकम कसको हो ? र कुन प्रयोजनका लागि लगिँदै थियो भन्नेबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend