२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • २५ करोड बरामद भएको घटनाको छानबिन...

२५ करोड बरामद भएको घटनाको छानबिन समिति बनाउन माग

२५ करोड बरामद भएको घटनाको छानबिन समिति बनाउन माग

बुधवार, चैत्र ६ २०८१०१:२६
बुधवार, चैत्र ६ २०८१०१:२६
  • images

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा(माओवादी केन्द्र)ले काठमाडौं टोखाबाट २५ करोड रूपैयाँ बरामद भएको घटनामा छानबिन समिति बनाउन माग गरेको छ।

    बुधबार प्रतिनिधि सभा बैठकको विशेष समयमा माओवादी केन्द्रका सांसद माधव सापकोटाले उपल्लो तहको कनेक्सन नभई त्यति ठूलो मात्राको तस्करी हुन नसक्ने दाबी गर्दै छानबिन समिति गठनको माग गरेका हुन्। 

    'यति ठूलो मात्राको तस्करी उपल्लो तहको कनेक्सन नभइ सम्भव छैन। त्यसकारण समिति बनाए छानबिन र अनुसन्धान गर्न माग गर्छौं,' उनले भने। 

    सांसद सापकोटाले सुशासनप्रति प्रतिबद्ध नभएकाले सरकारप्रति नै आशंका भएकाले विशेष समिति बनाएर छानबिन गरिनुपर्ने बताए।  

    'यो घटनाले संगठित अपराध र तस्करीको जालो कुन स्तरमा संगठित भएर झाँगिइरहेको छ भनेर एउटा चित्र बाहिर आएको छ. यसमा संलग्न ड्राइभर र भरियाहरू मात्रै पर्छन्। केही समय ठूलो समाचार बन्छ र निश्चित समयपछि यो झिसमिस हुन्छ, उनले भने,' समिति बनाएर छानबिन हुनुपर्छ।'

    सापकोटाले राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत भएकाले पनि घटनाको सम्बन्धमा विशेष संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताए। सोमबार राति टोखा नगरपालिकास्थित झोरबाट विदेशी मुद्रासहित २५ करोड बराबरको नगद बरामद भएको थियो। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend