२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • सिन्धुपाल्चोकमा समातिएको अबैध भेप भाटभटेनी साहुको,...

सिन्धुपाल्चोकमा समातिएको अबैध भेप भाटभटेनी साहुको, संसदमा उठ्यो कारबाहीको माग

सिन्धुपाल्चोकमा समातिएको अबैध भेप भाटभटेनी साहुको, संसदमा उठ्यो कारबाहीको माग

बिहिवार, चैत्र ७ २०८११२:५१
बिहिवार, चैत्र ७ २०८११२:५१
  • images

    काठमाडौँ । मंगलबार राती सिन्धुपाल्चोकमा पक्राउ गरिएको ट्रकमा रहेको अबैध भेप भाटभटेनी सुपर मार्केटको भएको पाइएको छ । 

    प्रहरी चेकपोस्ट खुर्सानीवारीमा मङ्गलवार राती खटिएको टोली सो ट्रक पक्राउ गरेको थियो । ना.६ ख ५४९६ नंम्वरको ट्रकवाट ९३ डब्बा सामाग्री बरामद भएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुमेह पाण्डेले जानकारी दिए । उनका अनुसार ९३ डब्बामा अबैध ७ सय ४० वटा विद्युतीय सिगरेट फेला परेको हो । बरामद भएको सामाग्रीको अन्दाजी मूल्य २२ लाख २० हजार रहेको छ । 

    भाटभटेनी सुपरमार्केटको समान बोकेको ट्रक समातिएको भन्दै बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रश्न उठेको छ ।

    बैठकमा नेकपा माओवादी केन्द्रका सांसद हरी कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सो ट्रक पक्राउ परे पछि संरक्षण नगरी कारबाही गर्न पनि माग गरे ।

    एमालेका जग्गा दाता मिनबहादुर गुरूङको समान लिएर आएको ट्रकमा अबैध भेप भेटिएको छ, जग्गा दाता भने पछि कुनै कारबाही नहुने हो कि के हो ? भन्दै सांसद झाले प्रश्न उठाए । ‘भाटभटेनी सुपरस्टोरको समान लिएर आएको ट्रकवाट ७४० थान भेप समातिएको छ, प्रधानमन्त्रीको पार्टी बनाउने दाता भएकाले त्यसलाइ संरक्षण नगरियोस भन्न चाहान्छु’ झाले भने । 

    उता, माओवादी सांसद कार्कीले पनि सो बिषय संसदमा उठाएका हुन् । ‘ना ६ ख ५४९६ ट्रक तातोपानी भन्सार नाका, अस्थायी प्रहरी चौकी बार्हबिसेले समातेको छ, यो ट्रक भाटभटेनीको साउको भएको खुलेको छ, यसमा छानबिन गर्न जरूरी छ,’ उनले भने ।

    बरामद भएका सामाग्री सहित चालक भोटेकोसी गाउँपालिका-२ का प्रवीण खत्री र ट्रक  नियन्त्रणमा लिइ राजस्व कार्यालय हरिहर भवनमा पठाइएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend