२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • स्वर्णलक्ष्मी सहकारी प्रकरणः उच्च अदालतमा रविले...

स्वर्णलक्ष्मी सहकारी प्रकरणः उच्च अदालतमा रविले गराए निवेदन दर्ता, सोमबार तोकियो पेशी

स्वर्णलक्ष्मी सहकारी प्रकरणः उच्च अदालतमा रविले गराए निवेदन दर्ता, सोमबार तोकियो पेशी

शुक्रवार, चैत्र ८ २०८१०१:३६
शुक्रवार, चैत्र ८ २०८१०१:३६
  • images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फैसला बदर गर्न माग गर्दै निवेदन दर्ता गराएका छन् । 

    स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध उच्च अदालत पाटन पुगेका लामिछानेले निवेदन दर्ता गराएका हुन ।

    सहकारी ठगी मुद्दामा जिल्ला अदालतको फैसला बदरको माग गर्दै लामिछानेले दिएको निवेदन दर्ता भइसकेको छ । निवेदनमा पहिलो सुनुवाइ आगामी सोमबारका लागि पेशी तोकिएको छ।

    कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगी मुद्दामा लामिछानेलाई काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा छाड्न आदेश दिएको थियो। जस प्रति असहमति दर्ज गर्दै लामिछाने उच्च अदालत, पाटन पुगेका हुन् । 

    सो सहकारीमा ५ हजार ६६९ जना बचतकर्ताको २ अर्ब ६५ करोड ९५ लाख ५९ हजार ५८ रुपैयाँ अपचलन भएको प्रहरीको अनुसन्धानबाट खुलाइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend