२०८३, आश्विन २१ गते

images

लेखा समितिद्वारा उजुरी छानबिन गर्न ७ वटा कार्यदल गठन

लेखा समितिद्वारा उजुरी छानबिन गर्न ७ वटा कार्यदल गठन

शुक्रवार, चैत्र ८ २०८१०१:४८
शुक्रवार, चैत्र ८ २०८१०१:४८
  • images

    काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले उजुरी छानबिन गर्न ७ वटा उपसमिति गठन गरेको छ । समितिका सदस्य सञ्जय गौतम नेतृत्वको उपसमितिले आफ्नो कार्यक्षेत्रभित्र पर्ने ४८ वटा उजुरीउपर छानबिन गर्न यस्तो सुझाव दिएपछि कार्यदल गठन गरिएको हो । 

    त्यसमध्ये टेलिकम, दूरसञ्चार र टेलिभिजनसम्बन्धी उजुरी हेर्न मनिष झा नेतृत्वमा कार्यदल गठन गरिएको छ । त्यस्तै, अर्थ मन्त्रालय, गैरकानूनी बीमा, मोबाइल बैंकिङ र एमसीसी सम्बद्ध उजुरीका सम्बन्धमा छानबिन गर्न गोकुल बाँस्कोटा नेतृत्वमा कार्यदल बनाइएको छ ।

    त्यस्तै, संस्कृति पर्यटन तथा नागरिक उड्डयन तथा परराष्ट्र मन्त्रालय सम्बद्ध उजुरीका लागि लेखनाथ दाहाल तथा विद्युत प्राधिकरण तथा सहरी विकास मन्त्रालयसम्बद्ध उजुरीको छानविनका लागि प्रेम आलेको नेतृत्वमा कार्यदल बनाइएको छ ।

    सहकारी, वैदेशिक रोजगार तथा धितोपत्र सम्बन्धी उजुरी छानबिन गर्न सञ्जय गौतमको नेतृत्वमा कार्यदल बनाइएको छ । खेलकुद, नेपाल स्काउट र गैरकानूनी सरकारी जग्गासम्बन्धी उजुरी छानबिनका लागि देवप्रसाद तिमल्सिनाको नेतृत्व रहेको कार्यदल बनाइएको छ ।

    त्यस्तै, स्वास्थ्य, क्रसर र केन्द्रीय अनुसन्धान व्युरोसम्बन्धी उजुरी छानबिनका लागि तारा लामाको नेतृत्व रहेको कार्यदल बनाइएको छ ।

    बैठकले समितिमा प्राप्त भएका थप १६ उजुरी र आगामी दिनमा प्राप्त हुने उजुरीको स्क्रिनिङ गर्ने जिम्मा सञ्जय गौतम नेतृत्वको पुरानै समितिलाई दिएको छ । उक्त समितिले छानबिन गर्न सिफारिस गरेका उजुरीलाई कार्यक्षेत्रका आधारमा अहिले बनेका कार्यदलमै छानबिनका लागि पठाइनेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend