२०८३, आश्विन २२ गते

images

दलितको घरमा डोजर चलाउने अध्यक्ष, पूर्ववडाध्यक्ष र बाबाविरुद्ध जाहेरी दर्ता

दलितको घरमा डोजर चलाउने अध्यक्ष, पूर्ववडाध्यक्ष र बाबाविरुद्ध जाहेरी दर्ता

शनिवार, चैत्र ९ २०८११०:५७
शनिवार, चैत्र ९ २०८११०:५७
  • images

    काठमाडौं । सिरहाको औरही गाउँपालिका- ५ मा अछूत भन्दै घरमा डोजर चलाएको घटनाका तीन आरोपीविरुद्ध पीडितले प्रहरीमा जाहेरी दिएका छन् । पीडित दीपक मल्लिकले गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबामाथि जातीय भेद्भाव तथा छुवाछूतसम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका हुन् । गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष हिजैदेखि प्रहरी नियन्त्रणमा छन् । बजरंगी बाबा भने फरार रहेको प्रहरीले जनाएको छ ।

    सिरहाका प्रहरी प्रमुख एसपी रमेश पण्डितले पीडित परिवारको जाहेरी प्राप्त भएको बताए । उनले जाहेरी आएपछि कानूनी कारबाही प्रक्रिया अघि बढेको जानकारी दिए । जातीय छुवाछूतसम्बन्धी कसुरमा ३ महिनादेखि ३ वर्षसम्म र ५० हजारदेखि २ लाख रुपैयाँसम्म जरिवाना हुने कानूनी व्यवस्था छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend