काठमाडौं । आइटेलले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन आइटेल ए ८० सार्वजनिक गरेको छ। 'क्या दामी छ ' नारासहित सार्वजनिक गरिएको यस फोनमा १२० हर्ट्ज रिफ्रेस रेट र आइपीएस ५४ रेटिङ जस्ता आकर्षक विशेषताहरू छन्, जसले यसलाई धुलो र पानीका छिटाबाट सुरक्षित राख्छ।
आइटेल ए ८० विशेष गरी विद्यार्थी, गेमर, प्रविधि प्रेमी र व्यवसायीहरूको लागि डिजाइन गरिएको हो। यो स्मार्टफोनमा ६-७ इन्चको एचडी इन–डिस्प्ले, ५००० एमएएच ब्याट्री, ८ जीबी र्याम, १२८ जीबी स्टोरेज र १३ मेगापिक्सेल एआई डुअल रियर क्यामेरा जस्ता सुविधाहरू उपलब्ध छन्।
यस फोनमा १०० दिनको रिप्लेसमेन्ट वारेन्टी पनि प्रदान गरिएको छ। आइटेल ए ८० नेपालभरका ५० भन्दा बढी सेवा केन्द्रहरू मार्फत उपलब्ध हुनेछ र यसको मूल्य १२,९९० रुपैया तोकिएको छ।

