२०८३, आश्विन २२ गते

images

भक्तपुरमा एक जना मृत फेला, हत्याको आशंका

भक्तपुरमा एक जना मृत फेला, हत्याको आशंका

आइतवार, चैत्र १० २०८१०२:३२
आइतवार, चैत्र १० २०८१०२:३२
  • images

    काठमाडौं ।  भक्तपुरमा आइतबार एक व्यक्ति मृत अवस्थामा भेटिएका छन्। भक्तपुरको मध्यपुर थिमि नगरपालिका-९ बोडे निलबाराहीस्थित पिकनिक स्थलनजिक पार्किङ स्थलमा एक व्यक्ति मृत भेटिएका हुन्।

    मृत भेटिनेमा खोटाङको केपिलासगढी गाउँपालिका–२ घर भएका ६६ वर्षीय ओम प्रकाश राई रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता ढुण्डिराज नेउपानेले बताए।

    राईको कान र टाउकोमा चोटपटक देखिएकाले प्रहरीले यो हत्याको घटना हुन संक्ने भन्दै त्यस कोणबाट अनुसन्धान अगाडि बढाएको छ । राई कवाडी संकलन गर्ने व्यक्ति भएको जनाएको छ । 

    शव पोस्टमार्टमका लागि भक्तपुरको दुवाकोटस्थित केएमसी अपस्ताल पठाइएको छ। रगत लतपतिएको ढुंगा समेत फेला परेको छ। गत लतपतिएको ढुंगा समेत फेला पर्ने र मृतकको शरीरमा चोट देखिएकाले ढुंगा प्रहार गरेर हत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ। प्रहरीका अनुसार उनको दाहिने कानको लोती समेत च्यातिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend