२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • ओलीको विवादास्पद अभिव्यक्तिको एमालेद्वारा बचाउ, भन्यो,...

ओलीको विवादास्पद अभिव्यक्तिको एमालेद्वारा बचाउ, भन्यो, दुराशय बोकेको समाचार

ओलीको विवादास्पद अभिव्यक्तिको एमालेद्वारा बचाउ, भन्यो, दुराशय बोकेको समाचार

सोमवार, चैत्र ११ २०८१०२:५९
सोमवार, चैत्र ११ २०८१०२:५९
  • images

    काठमाडौं । एमालेले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको विवादस्पद अभिव्यक्तिको बचाउ गरेको छ। महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै गत चैत ४ गते बसेको सचिवालय बैठकसँग सम्बन्धित देश सञ्चारबाट आइतबार प्रकाशित समाचारको खण्डन गर्दै अध्यक्षको बचाउ गरेका हुन्।

    बैठकमा ओलीले आफूलाई हटाउन भारतीय पक्ष लागि परेको भन्दै उसलाई पनि ‘देखाइदिने’ अभिव्यक्ति दिएका थिए।

    सचिवालयमा प्रधानमन्त्री समेत रहेका ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउन दमकदेखि काठमाडौँसम्म भारतीयहरु परिचालित भएको दाबी गरेका थिए। स्रोतका अनुसार ओलीले भनेका थिए, ‘मलाई पदबाट हटाउन दमकदेखि काठमाडौँसम्म जासूसहरु लागेका छन्। म पनि देखाइदिन्छु। संसदमै सबै कुरा भन्छु।’

    त्यस्तै बैठकमा ओलीले ज्ञानेन्द्र शाहको गतिविधिलाई निस्तेज पार्न गिरफ्तारीसम्म जानसकिने समेत बताएका थिए। उनले फागुन २५ गते राजतन्त्र पुनःस्थापना पक्षधरहरुले काठमाडौँमा गरेको प्रर्दशनमा पनि भारतीय पक्षको सहयोग रहेको आरोप लगाएका छन्।

    महासचिव पोखरेलले प्रकाशित समाचार सनसनी फैलाउने र दुराशय बोकेको आरोप लगाएका छन्। उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पूर्व राजावादीहरूको केही दिन अगाडिको प्रदर्शनलाई लिएर प्रधानमन्त्रीले भन्नुभएको भनेर प्रकाशित गरिएका विषय निराधार र अतिरञ्जित छन्। तिनले अनावश्यक सनसनी फैलाउने एवं नेपाल र भारत बिचको युगौं पुरानो सम्बन्धमा आशङ्का बढाउने दुराशय बोकेका छन्।’

    त्यस्तै एमालेले भारतसँगको सम्बन्धलाई प्रगाढ बनाउन आफ्नो पार्टी प्रतिबद्ध रहेको जनाएका छन्। समस्याका कुनै विषयमा भए कुटनीतिक माध्यमबाट समाधान गरी साझेदारी अगाडि बढाउन प्रतिबद्ध रहेको उल्लेख गरेका छन्। पोखरेलले भनेका छन्, ‘नेकपा (एमाले) र पार्टी नेतृत्वको वर्तमान सरकार नेपाल भारत सम्बन्धलाई अझ प्रगाढ बनाउन, कुनै विषय भए कुटनीतिक माध्यमबाट समाधान गर्न र बलियो विकास साझेदारी अगाडि बढाउन प्रतिबद्ध छन्।’

    umm.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend