२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • देशी-विदेशी तत्व सरकारलाई बदनाम गर्न लागेः...

देशी-विदेशी तत्व सरकारलाई बदनाम गर्न लागेः प्रधानमन्त्री

देशी-विदेशी तत्व सरकारलाई बदनाम गर्न लागेः प्रधानमन्त्री

मंगलवार, चैत्र १२ २०८१०२:५८
मंगलवार, चैत्र १२ २०८१०२:५८
  • images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैधानिक प्रतिपक्षीको भूमिका रचनात्मक नभएको बताएका छन् । ललितपुरमा प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपालको राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उनले वैधानिक प्रतिपक्षीको भूमिका यथार्थपरक र रचनात्मक हुनुपर्ने भएपनि त्यसो हुन नसकेको बताएका हुन् ।

    प्रतिपक्षीको भूमिका सरकारलाई बदनाम गर्ने र झुटलाई फैलाउनमा केन्द्रित र सक्रिय रहेको ओलीको आरोप छ । देशी–विदेशी तत्व सरकारलाई बदनाम गर्न र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई सफल पार्न नदिनका लागि लागेको उनले बताए । उनले देशको विकासका लागि लिएका नीतिलाई प्रभावकारी कार्यान्वयन गर्न सरकारको ध्यान केन्द्रित भएको उल्लेख गरे ।

    ०४६ सालको परिवर्तन पछि तीव्र विकासको बाटोमा अघि बढ्को भन्दै प्रधानमन्त्री ओलीले आफू सरकारमा रहँदा उल्लेखनिय रुपमा विकासका काम भएको दाबी गरे ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend