२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • राजसंस्था पुनर्स्थापनाको मागसहित चैत १५ गते...

राजसंस्था पुनर्स्थापनाको मागसहित चैत १५ गते विशाल प्रदर्शन गरिने

राजसंस्था पुनर्स्थापनाको मागसहित चैत १५ गते विशाल प्रदर्शन गरिने

मंगलवार, चैत्र १२ २०८१०३:०४
मंगलवार, चैत्र १२ २०८१०३:०४
  • images

    काठमाडौं । राजसंस्था पुनर्स्थापनाको मागसहित चैत्र १५ गते राजधानी काठमाडौंमा विशाल जनप्रदर्शन हुने भएको छ।

    राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले जारी गरेको विज्ञप्तिका अनुसार यहीँ चैत्र १५ गते शुक्रबारका दिन राजधानी काठमाडौंमा विशाल जनप्रदर्शन हुने भएको हो।

    साथै, उनले सो विज्ञप्तिमार्फत सम्पूर्ण राजसंस्थावादी पार्टी, समूह तथा व्यक्तिहरूमा साथको अपीलसमेत गरेका छन्।

    नेपाल विशिष्ट राजनीतिक संक्रमणको घडीबाट गुज्रिरहेको जिकिर गर्दै यो समयमा देशभक्त, राजसंस्थावादीहरू एकतावद्ध भएर अघि बढ्नु आवश्यकता रहेको विज्ञप्तिमा उल्लेख छ।

    ‘नेपाल एउटा विशिष्ट राजनीतिक संक्रमणको घडीबाट गुज्रिरहेको सर्ववितित नै छ। यो समयमा हामी देशभक्त, राजसंस्थावादीहरू एकतावद्ध भएर अघि बढ्नु पर्ने अवस्था आएको छ। अन्यथा यो गौरवशाली देश र भावी पुस्ताको भविष्य नै संकटमा पर्नेछ। देश राज्य र राष्ट्रको रूपमा निरन्तर क्षयिकृत भएर गइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ,’यसै परिप्रेक्षमा विभिन्न पार्टी तथा समूहहरूबाट भइरहेका राजसंस्थावादी आन्दोलनहरूलाई संयुक्त र सशक्त रूपमा अघि बढाउँदै निर्णायक तहमा पुर्याउनका लागि विभिन्न पक्षबाट मलाई संयोजन गरिदिन गरिएको आग्रह स्वरूप मैले “राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति”को नेतृत्व गरिरहेको विषय सार्वजनिक भइसकेको छ ।’

    jana_9IjU49WwCl.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend