२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • डेडिकेडेट र ट्रंक लाइनको विवाद समाधान...

डेडिकेडेट र ट्रंक लाइनको विवाद समाधान गर्छुः शाक्य

डेडिकेडेट र ट्रंक लाइनको विवाद समाधान गर्छुः शाक्य

मंगलवार, चैत्र १२ २०८१०८:५१
मंगलवार, चैत्र १२ २०८१०८:५१
  • images

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले बाहिरिबाट हेर्दा विद्युत प्राधिकरण राम्रो भएको देखिएपनि भित्रि रूपमा भने संकटमा रहेको धारणा राखेका छन् । मंगलबार साँझ कार्यालय पुगेर पदभार ग्रहण गर्दै उनले भने,‘बाहिरिबाट हेर्दा धेरैले प्राधिकरणको प्रंशसा गरेका छन् । नाफा बढेको भनेर वाहीवाही गरिरहेका छन् । वास्तविक अवस्था त्यस्तो छैन । विद्युत प्राधिकरणका कर्मचारीहरूले संकटमा रहेको भनिरहेका छन् ।’ 

    यस्तै, उनले वर्तमान ट्रंक र डेडिकेटेड लाइन बक्यौता विवाद आफ्नो नेतृत्वमा समाधान गर्ने बताएका छन् । छानविन समितिले दिएको सुझावका आधारमा सो समस्याको निष्पक्ष समाधान गर्ने उनको भनाइ छ । आफूले यसलाई अवसरका रुपमा लिएको उनले बताए ।

    साथै, उनले अबको चुनौति लोडसेडिङ नभई विश्वसनीय विद्युत सेवा दिनुपर्ने रहेको धारणा राखे । अदालतले दिन नसकेको न्याय सरकारबाट पाएको उनको भनाइ छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend