२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • मन्त्रिपरिषद् बैठकका २७ निर्णयः सचिवमा बढुवा,...

मन्त्रिपरिषद् बैठकका २७ निर्णयः सचिवमा बढुवा, बर्खास्तीदेखि प्रधानमन्त्रीको विदेश भ्रमण स्वीकृतसम्म

मन्त्रिपरिषद् बैठकका २७ निर्णयः सचिवमा बढुवा, बर्खास्तीदेखि प्रधानमन्त्रीको विदेश भ्रमण स्वीकृतसम्म

बुधवार, चैत्र १३ २०८११०:४०
बुधवार, चैत्र १३ २०८११०:४०
  • images

    काठमाडौँ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न २७ निर्णय गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गर्ने निर्णयसँगै पछिल्लो मन्त्रिपरिषद् बैठकले २७ निर्णय गरेको पाइएको हो । 

    सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार पत्रकार सम्मेलनमार्फत् सरकारका २७ निर्णय सार्वजनिक गरेका हुन्।

    जसअनुसार घिसिङलाई बर्खास्त गरेको सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा हितेन्द्रदेव शाक्यरलाई नियुक्त गरेको छ। 

    यस्तै, नेपाल प्रशासन सेवा समूहीकरण (कलष्टर) तर्फको राजपत्राकिंट विशिष्ट श्रेष्णीको सचिव पदमा कर्णाली प्रदेशका कायम मुकायम सचिव विरेन्द्रकुमार यादवलाई बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कर्णाली प्रदेशका प्रमुख सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको छ । 

    बैठकले यही चैत १९ गतेदेखि २३ गतेसम्म प्रधानमन्त्रीको नेतृत्वमा हुने थाइल्याण्डको औपचारिक भ्रमण तथा विमस्टेकको छेटौँ शिखर सम्मेलनमा सहभागी हुने प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ । 

    त्यसैगरि विश्व बैंकको वित्तीय सहयोगमा सञ्चालन हुन लागेको विद्युत वितरण प्रणाली स्तरोन्नति तथा सुदृढीकरण आयोजनाको लागि प्राप्त हुने ऋण सहायताको वित्तीय सम्झौता र आयोजना दस्तावेजलाई अन्तिम रूप दिन अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने र वार्ता गर्ने अख्तियारी प्रदान गर्ने निर्णय पनि मंगलबारको मन्त्रिपरिषद् बैठकले गरेको छ।

    सहसचिव  विन्देश्वरप्रसाद लेखकलाई नेपाली महावाणिज्यदूतावास, हङकङको महावाणिज्यदूत पदमा एक अवधिको लागि नियुक्त गर्ने निर्णय पनि सरकारले गरेको छ। 

    1.jpg
    2.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend