२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • विपक्षी दलको निर्णयः कुलमान हटाउने निर्णयविरुद्ध...

विपक्षी दलको निर्णयः कुलमान हटाउने निर्णयविरुद्ध संसदमा विरोध गर्ने

विपक्षी दलको निर्णयः कुलमान हटाउने निर्णयविरुद्ध संसदमा विरोध गर्ने

बुधवार, चैत्र १३ २०८११०:५५
बुधवार, चैत्र १३ २०८११०:५५
  • images

    काठमाडौँ । विपक्षी दलहरूको बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अपमानपूर्वक हटाएको भन्दै प्रतिनिधि सभा बैठकमा सशक्त विरोध गर्ने निर्णय गरेको छ ।

    सिंहदरबारमा आज बिहान बसेको विपक्षी दलको बैठकले प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरोध गर्ने निर्णय गरेको रास्वपाका सांसद सन्तोष परियारले बताए ।

    उनले भने, ‘आज हामी संसदमा रहेका विपक्षी दलहरु प्रमुख प्रतिपक्षीसहित हामी अहिले पछिल्ला गतिविधि, पछिल्ला सरकारका निर्णयहरु र राजनीतिमा भएका घटनाक्रमका विषयमा छलफल भएको छ । मुख्यतस् अस्तिको राति भएको नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई जुन अलोकातान्त्रिक तरिकाले जसरी दुई तिहाईको दम्भका साथ र मन्त्रीको जोडबलमा गलहत्याउने काम गरियो, विधि विधान बाहिर गएर यस्तो कार्य गरियो, एउटा काबिल देशको सेवा गरिरहेको कर्मचारिलाई शक्ति प्रयोग गरेर पदबाट हटाउने कार्य जुन सरकारले गर्‍यो त्यसका विरुद्ध हामीले सदनमा सशक्त आवाज उठाउने निर्णय गरेका छौँ । साथै आजको सदनमा प्रश्न गर्ने र त्यस कार्यको विरोध गर्ने निर्णय गरेका छौँ ।’ 

    साथै, बुधबार बसेको प्रतिपक्षी दलहरुको बैठकले पछिल्ला सरकारका निर्णयहरु र राजनीतिमा भएका घटनाक्रमका विषयमा समेत छलफल गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend