२०८३, आश्विन २२ गते

images
  • प्रमुख समाचार
  • सेन्ट्रल प्लाजा आगलागीमा फसेकाको सेनाको हेलिकोप्टरबाट...

सेन्ट्रल प्लाजा आगलागीमा फसेकाको सेनाको हेलिकोप्टरबाट उद्धार

सेन्ट्रल प्लाजा आगलागीमा फसेकाको सेनाको हेलिकोप्टरबाट उद्धार

बुधवार, चैत्र १३ २०८१०१:१३
बुधवार, चैत्र १३ २०८१०१:१३
  • images

    काठमाडौं ।  सुनसरी इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा आगलागी फसेकाहरूको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । 

    आगलागीमा फसेकाहरूको उद्धारका लागि गृहमन्त्री रमेश लेखकले सेनाको हेलिकप्टर पठाएका थिए । इटहरी उपमहानगर –६ मा रहेको सेन्टर प्लाजाको पाँचौँ तलामा आगो लागेको हो। 

    आगलागी हुँदा फसेका १६ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामा ११ पुरुष र ५ महिला रहेका छन् । उक्त भवनमा बिहान ९ बजेर ४३ मिनेटको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले जानकारी दिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend