२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • चार दलीय समाजवादी मोर्चाले काठमाडौँमा बृहत्...

चार दलीय समाजवादी मोर्चाले काठमाडौँमा बृहत् जनप्रदर्शन गर्ने, यी ठाउँबाट निकाल्दैछन जुलुस

चार दलीय समाजवादी मोर्चाले काठमाडौँमा बृहत् जनप्रदर्शन गर्ने, यी ठाउँबाट निकाल्दैछन जुलुस

बिहिवार, चैत्र १४ २०८१११:३८
बिहिवार, चैत्र १४ २०८१११:३८
  • images

    काठमाडौँ । चार दलीय समाजवादी मोर्चाले शुक्रबार काठमाडौँमा बृहत् जनप्रदर्शन र जनसभाको आयोजना गरेको छ। 

    वर्तमान अवस्था तथा प्रतिगामी षड्यन्त्रको विरोध गर्दै गणतन्त्रको सुदृढीकरण र राष्ट्रिय स्वाधीनताको संरक्षण गर्ने उद्देश्यका साथ भृकुटीमण्डपमा आयोजना गरिएको जनसभाअघि राजधानीका विभिन्न स्थानबाट जुलुस निकालिनेछ । 

    सोह्रखुट्टे चोक,  बबरमहल (पुलको छेउ), कुपण्डोल (हनुमानथान), त्रिपुरेश्वर चोक, सुन्धारा,  न्युरोड गेट, मैतीदेवी चोकबाट जुलुस निकाल्ने गरी तयारी गरिएको मोर्चाले जनाएको छ । 

    सबै जुलुस भृकुटीमण्डपमा पुगेर दिउँसो १ बजेदेखि जनसभा सुरु हुनेछ ।  समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेसपा र नेकपा रहेका छन् । 

    aandholan.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend