काठमाडौँ । प्रमुख प्रतिपक्षी दलको विरोध पछि बिहीबारका लागि तय भएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएको छ । आज बिहान ११ बजेका लागि बोलाइएको बैठक बस्न नसकेपछि संसद सचिवालयले अपराह् ४ बजे सूचना टाँस गरेर स्थगित भएको जनाएका हो ।
बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी दिउँसो २ बजेसम्मका लागि स्थगित भएको थियो । दिउँसो २ बजे पनि बैठक नबसी भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ ।
प्रमुख प्रतिपक्षी दलहरूको निरन्तर अवरोधपछि संघीय संसद्का दुवै सदनको बैठक बस्न सकेको छैन ।

