काठमाडौँ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यकाे निवेदन एउटै इजलासमा परेकाे छ।
सरकारले बर्खास्त गरेकाे भन्दै घिसिङले दर्ता गरेकाे निवेदन र शाक्यले आफूले दर्ता गरेकाे निवेदन खारेजिकाे मुद्दामा
सर्वोच्च अदालतमा आज प्रारम्भिक सुनुवाइ हुँदै छ।
आफूलाई निर्बाध काम गर्न दिनुपर्ने माग राखी दायर गरेको रिटमा सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा सुनुवाइ हुने भएको हो।

