२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • रत्नपार्क, भृकुटिमण्डप, भद्रकाली र कोटेश्वर सडक...

रत्नपार्क, भृकुटिमण्डप, भद्रकाली र कोटेश्वर सडक अवरुद्ध, यातायात आवागमन अस्तव्यस्त

रत्नपार्क, भृकुटिमण्डप, भद्रकाली र कोटेश्वर सडक अवरुद्ध, यातायात आवागमन अस्तव्यस्त

शुक्रवार, चैत्र १५ २०८१११:३३
शुक्रवार, चैत्र १५ २०८१११:३३
  • images

    काठमाडौँ । समाजवादी मोर्चाले आयोजना गरेको प्रदर्शनका लागि मानिसको उपस्थिति बाक्लिएपछि रत्नपार्कबाट भद्रकाली जाने सवारी रुट डाइभर्ट भएको छ । उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी विनोद घिमिरेका अनुसार रत्नपार्क जाने सवारी साधनलाई बागबजारबाट पुतलीसडक हुँदै डाइभर्ट गरिँदैछ ।

    road jam.jpg

    पुतलीसडकको एकतर्फी आवागमन (वान वे) खुला गरिएको छ । त्यहाँबाट अनामनगर, माइतीघर वा कमलपोखरी तर्फ जान पाइने एसएसपी घिमिरेले बताए ।

    jam.jpg

    कोटेश्वरमा शुरु हुन लागेको राजावादी प्रदर्शनलाई लक्षित गर्दै तीनकुने र जडीबुटीबाट त्यहाँ जाने सवारी साधनलाई रोक लगाइएको छ । तर, कोटेश्वर छिचोलेर पुग्नुपर्ने गन्तव्यका निम्ति वैकल्पिक रुट तोकिएको छैन ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend