२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • तीनकुनेमा राजावादीको प्रदर्शनमा प्रहरीसँग झडपः स्थिति...

तीनकुनेमा राजावादीको प्रदर्शनमा प्रहरीसँग झडपः स्थिति तनावग्रस्त, दुर्गा प्रसाइँको गाडी तोडफोड

तीनकुनेमा राजावादीको प्रदर्शनमा प्रहरीसँग झडपः स्थिति तनावग्रस्त, दुर्गा प्रसाइँको गाडी तोडफोड

शुक्रवार, चैत्र १५ २०८१०१:५१
शुक्रवार, चैत्र १५ २०८१०१:५१
  • images

    काठमाडौँ । काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि अवस्था तनावग्रस्त भएको छ । प्रदर्शनका लागि तोकिएको घेरा तोड्न प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढासमेत प्रहार गरेका छन् । 

    प्रदर्शनकारीलाई रोक्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

    tinkuna.jpg

    राजसंस्था पुनस्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका ‘कमान्डर’ दुर्गा प्रसाईंको गाडी तोडफोड गरिएको छ ।

    राजावादीले प्रदर्शन गरिरहेको स्थान तीनकुनेमा मेडिकल व्यवसायीसमेत रहेका प्रसाईंको गाडी तोडफोड गरिएको हो ।

    tinkuna1.jpg

    प्रसाईंको बागमती ०२७ च ३६४७ नम्बरको गाडीमा तोडफोड भएको हो । मेडिकल व्यवसायी प्रसाईंलाई बिहीबारमात्रै संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले ‘कमान्डर’ घोषणा गरेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend