२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • तीनकुनेको अवस्था तनावग्रस्त, प्रहरीले गर्‍यो हवाई...

तीनकुनेको अवस्था तनावग्रस्त, प्रहरीले गर्‍यो हवाई फायर

तीनकुनेको अवस्था तनावग्रस्त, प्रहरीले गर्‍यो हवाई फायर

शुक्रवार, चैत्र १५ २०८१०२:४९
शुक्रवार, चैत्र १५ २०८१०२:४९
  • images

    काठमाडौँ । तीनकुनेको स्थिति तनावग्रस्त भएपछि प्रहरीले हवाई फायर गरेको छ ।

    घरमा लागेको आगो निभाउन गएको दमकललाई पनि प्रदर्शनकारीले ढुंगा हानेपछि प्रहरीले सुरुमा अश्रुग्याँस प्रहार गरेको थियो । पछि हवाई फायर गरेको हो ।

    राजावादीको प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा घरमा तोडफोड गर्दै आगजनी भएको हो । तीनकुनेमा प्रदर्शन गर्न पुगेका राजावादीहरूले निषेधित क्षेत्र तोड्न थालेपछि प्रहरीले पानीको फोहोरा, अश्रुग्याँस प्रहार गरेको थियो।

    ती घरमा बसेर प्रहरीले अश्रुग्याँस प्रहार गरेको भन्दै प्रदर्शनकारीहरूले ती घर तोडफोड गरेका हुन्। ती घरका घरधनीहरू को/को हुन् खुलिसकेको छैन भने तोडफोडमा संलग्नको पनि पहिचान भएको छैन।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend