२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • तीनकुनेमा प्रहरीको माइकिनः कर्फ्यु सुरु हुन...

तीनकुनेमा प्रहरीको माइकिनः कर्फ्यु सुरु हुन लाग्यो घर घर जानुस्

तीनकुनेमा प्रहरीको माइकिनः कर्फ्यु सुरु हुन लाग्यो घर घर जानुस्

शुक्रवार, चैत्र १५ २०८१०४:०४
शुक्रवार, चैत्र १५ २०८१०४:०४
  • images

    काठमाडौँ । राजधानीको तिनकुने क्षेत्रमा प्रहरीले कर्फ्यु सुरु हुन लागेको भन्दै माइकिङ सुरु गरेको छ । राजावादी प्रदर्शनकारीले अराजक गतिविधि गर्न थालेपनि प्रहरीले उक्त माइकिङ गरेको हो । 

    तीनकुनेकोको घरमा तोडफोडपछि आगजनी गरेको उक्त समूहले अन्नपूर्ण पोष्ट, कान्तिपुर टेलिभिजन र एकीकृत समाजवादीको पार्टी कार्यालयमा समेत तोडफोडको प्रयास गरेका छन् । 

    यस्तै, उक्त समूहले कोटेश्वर क्षेत्रको नेपाल प्रहरीको लागु औषधि नियन्त्रण ब्युरोको गाडीमा आगजनी गरेका छन्। प्रदर्शनका दौरान, प्रदर्शनकारीहरूको भीडले तीनकुने क्षेत्रमा घरमा तोडफोड गर्दै आगो लगाएका थिए।
    ष्mबनभक

    प्रदर्शनमा कमान्डर दुर्गा प्रसाईंको नेतृत्वमा राजावादी समर्थकहरूले कोटेश्वरमा प्रदर्शन गर्दा प्रहरीको गाडीमा आगजनी गरे। उनीहरूले यसका साथै, प्रहरीले सञ्चालन गर्दै आएका सार्वजनिक संरचनाहरूसम्म तोडफोड गरेका छन्। प्रहरी बिट र अन्य संरचनामा भएको क्षतिको विवरण प्राप्त भएको छ।

    नेपाल प्रहरी र सुरक्षा बलले स्थितिलाई नियन्त्रण गर्न कडा कदम चालेका छन्, जबकि प्रदर्शनकारीहरूको वृद्धि भइरहेको छ। यस्तो वातावरणमा सुरक्षा व्यवस्था थप कडा पार्न र स्थिति नियन्त्रणमा ल्याउन प्रहरीको सक्रियता बढी भएको छ।

    राजावादी प्रदर्शनकारीहरूको यो किसिमको आन्दोलन काठमाडौँको शान्तिपूर्ण स्थिति र सुरक्षा वातावरणमा नयाँ चुनौती प्रस्तुत गरिरहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend