२०८३, आश्विन २२ गते

images

जिल्ला प्रशासनले लगायो शान्तिनगरदेखि जडीबुटीसम्म कर्फ्यु

जिल्ला प्रशासनले लगायो शान्तिनगरदेखि जडीबुटीसम्म कर्फ्यु

शुक्रवार, चैत्र १५ २०८१०४:१२
शुक्रवार, चैत्र १५ २०८१०४:१२
  • images

    काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले तीनकुने क्षेत्रमा कर्फ्यु आदेश दिएको छ । तीनकुनेमा राजावादी समूहको आन्दोलनले अग्ररुप लिएपछि प्रशासनले उक्त आदेश दिएको हो । 

    सम्भावित दुर्घटनालाई टार्न काठमाडौँ प्रशासनले शान्तिनगर पुलदेखि जडीबुटी हुँदै मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए। 

    कर्फ्यु आदेश जारी गर्नुअघि प्रहरीले माइकिङ गरेको थियो। प्रहरीले अहिले भने तीनकुने क्षेत्रबाट राजावादीको प्रदर्शनकारीलाई तितरबितर पारेको छ। प्रदर्शनले उग्ररूप लिएपछि प्रहरीले अश्रुग्यास, हवाई फायर प्रहार गरेर प्रदर्शनकारीहरूलाई तितरबितर पारेको थियो।

    अहिले राजावादीको प्रदर्शनसभा स्थल  तीनकुने मैदानमा खाली गराइएको छ। प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले स्टेजमै अश्रुग्यास प्रहार गरेको थियो। त्यसअघि, राजावादीहरूले निजी घरमा समेत ढुंगामुढा प्रहार गरेका थिए ।   

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend