२०८३, आश्विन २२ गते

images

गृहमा सुरक्षा प्रमुखहरूको आकस्मिक बैठक

गृहमा सुरक्षा प्रमुखहरूको आकस्मिक बैठक

शुक्रवार, चैत्र १५ २०८१०४:५२
शुक्रवार, चैत्र १५ २०८१०४:५२
  • images

    काठमाडौं । राजावादी प्रदर्शनकारीले काठमाडौँका ठाउँ ठाउँमा आगजनी र सर्वसाधरणका घर, कार्यालय तोडफोड गर्न थालेपछि सुरक्षाप्रमुखहरूको बैठक बसिरहेको छ।

    राजावादी प्रदर्शनकारी हिंसात्मक हुन थालेपछि गृहमन्त्री रमेश लेखकले सुरक्षाप्रमुखसँग बैठक राखेका हुन्। शुक्रबार बिहानैदेखि उग्र हुँदै गएको राजावादी प्रदर्शन दिउँसो झन् आक्रामक भएको थियो।

    उनीहरूले सर्वसाधारणको घर, कार्यालयमा आगजनी गरेका छन्। दर्जन बढी घरमा ढुङ्गामुढा प्रहार गरेर क्षति पुर्‍याएका छन्। आक्रामक हुँदै गएका राजावादी प्रदर्शनकारीले नेकपा एकीकृत समाजवादी पार्टीको कार्यालयमा समेत झ्यालका सीसी फुटाएर आगजनी प्रयास गरेका छन्।

    यस्तै, कान्तिपुर र अन्नपूर्ण पोष्टको कार्यालयमा समेत तोडफोड भएको छ। प्रहरीले राजावादी प्रदर्शनकारीलाई तीनकुने क्षेत्रबाट तितरवितर पारेपछि हिसांत्मक बन्न थालेका हुन्।

    तिनीहरूले शान्तिपूर्ण सभा गर्न छोडेर प्रहरीमाथि जाइलागेका थिए। निषेधित क्षेत्र तोड्न खोजेका थिए। भीडलाई रोक्न खोजेको प्रहरीलाई समेत ढुङ्गामुढा गर्न थालेको थियो। तीनकुने क्षेत्रका दर्जन बढी घरमा तोडफोड गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend