२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • तीनकुने प्रकरणः प्रहरीको गाली लागेका प्रदर्शनकारीको...

तीनकुने प्रकरणः प्रहरीको गाली लागेका प्रदर्शनकारीको मृत्यु

तीनकुने प्रकरणः प्रहरीको गाली लागेका प्रदर्शनकारीको मृत्यु

शुक्रवार, चैत्र १५ २०८१०६:०७
शुक्रवार, चैत्र १५ २०८१०६:०७
  • images

    काठमाडौँ । तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रमममा प्रहरीको गोली लागी घाइते भएका एकको मृत्यु भएको छ । घाइते अवस्थामा त्रिवि शिक्षण अस्पतालमा लगिएका प्रदर्शनकारीको अस्पताल पुर्‍याउँदा नै मृत्यु भइसकेको अस्पताल निर्देशक प्राडा सुवास आचार्यले बताए । 

    उनका अनुसार प्रहरीको समन्वयमा मृतकको पोस्टमार्टमका लागि फरेन्सिक विभागमा पठाइसकिएको छ । मृतकको विस्तृत परिचय खुलिनसकेको प्रहरी स्रोतले बतायो । 

    तीनकुनेमा भएको आन्दोलनमा प्रहरीले सुरुमा अश्रुग्यास प्रहार गरेको थियो भने पछि रबरको गोली र हवाइ फायर पनि गरेको थियो ।

    प्रदर्शनकारीहरुले प्रहरीको बन्दुक नै खोसेको र सांघातिक आक्रमण गरेका दृश्यहरु सामाजिक संजालमार्फत सार्वजनिक भएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend