२०८३, आश्विन २२ गते

images

हवाइ यात्रुलाई टिकट र परिचय पत्र देखाएर विमानस्थल जान सहजीकरण

हवाइ यात्रुलाई टिकट र परिचय पत्र देखाएर विमानस्थल जान सहजीकरण

शुक्रवार, चैत्र १५ २०८१०७:३१
शुक्रवार, चैत्र १५ २०८१०७:३१
  • images

    काठमाडौं । तीनकुने क्षेत्रमा भएको आगजनी र तोडफोडपछि कर्फ्यु लगाएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले हवाइ यात्रुलाई सहजीकरण गर्ने भएको छ।  प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले हवाइ टिकटका आधारमा यात्रुलाई विमानस्थल जान सहजीकरण गरिने जानकारी दिएका हुन्।

    जिल्ला प्रशासन कार्यालयले अपराह्न ४ः२५ देखि राति १० बजेसम्म कर्फ्यु लगाएको थियो। ‘हवाइ यात्रुको सहजतालाई मध्यनजर गरी टिकट र आधिकारिक परिचयपत्र समेतका आधारमा हवाइ यात्रा गर्नुहुने महानुभावहरुलाई सहजीकरण गरिने र सोको समन्वय सुरक्षा निकायबाट हुने व्यहोरा सरोकारवाला सबैमा अनुरोध छ’, प्रजिअ तिवारीले जारी गरेको सूचनामा उल्लेख छ।

    haaee.jpg

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend