२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • अझै पक्राउ परेनन दुर्गा प्रसाईँ, मिश्र,...

अझै पक्राउ परेनन दुर्गा प्रसाईँ, मिश्र, जबरा र नेपाल प्रहरी नियन्त्रणमा

अझै पक्राउ परेनन दुर्गा प्रसाईँ, मिश्र, जबरा र नेपाल प्रहरी नियन्त्रणमा

शनिवार, चैत्र १६ २०८१०७:५७
शनिवार, चैत्र १६ २०८१०७:५७
  • images

    काठमाडौँ । राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईं अझै पक्राउ परेका छैनन् । शुक्रबार साँझबाट नै प्रहरीले खोजी गरिरहे पनि प्रसाईंलाई पक्राउ गर्न सकेको छैन । 

    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीले प्रसाईंलाई खोजी गर्ने कार्य जारी रहेको बताए । उनका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोली प्रसाईंलाई पक्राउ गर्न खटिएको छ । 

    सामाजिक सञ्जाल फेसबुकमा प्रहरीले जहाँ भन्छ त्यहीँ आउने बताएका प्रसाईं मोबाइल स्वीचअफ गरेर फरार छन् । 

    राप्रपाका नेताद्वय रवीन्द्र मिश्र र धवलशमशेर जबरा तथा स्वागत नेपाल भने पक्राउ परेका छन् । शुक्रबार काठमाडौंको तीनकुनेमा उपस्थित भएर हिंसात्मक आन्दोलन गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । 

    राजसंस्था पुनःस्थापना संघर्ष समितिका संयोजक नवराज सुवेदीलाई घरमै नजरबन्दमा राखिएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend