२०८३, आश्विन २२ गते

images

पूर्वराजाको राहदानी रद्द गर्ने सरकारको तयारी

पूर्वराजाको राहदानी रद्द गर्ने सरकारको तयारी

शनिवार, चैत्र १६ २०८१०२:०१
शनिवार, चैत्र १६ २०८१०२:०१
  • images

    काठमाडौं ।  सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी रद्द गर्ने तयारी गरेको छ । शुक्रबार तीनकुनेमा भएको राजावादी समूहको हिंसात्मक आन्दोलनको निर्देशन उनैबाट भएको निष्कर्ष सरकारले निकालेको छ ।


    सरकारी स्रोतका अनुसार पूर्वराजाकै निर्देशनमा राजावादी समूहको प्रदर्शन हिंसात्मक भएकोले उनीमाथि पनि छानबिन थालिएको छ । छानबिन थालिएपछि उनी विदेश जान सक्ने आशंकामा उनको राहदानी रद्द गर्ने प्रक्रिया अघि बढाइएको हो ।

    प्रदर्शनमा भएको हत्या,आगजनी र लुटपाटको कमाण्डर दुर्गा प्रसाई भएपनि उनलाई निर्देशन दिने काम पूर्वराजाबाटै भएको निष्कर्षमा सुरक्षा निकाय पुगेका छन् । राजावादी समूहको प्रदर्शनको अघिल्लो दिन बिहीबार प्रसाईंले पूर्वराजा शाहलाई भेटेका थिए ।

    प्रसाईंलाई बोलाएर निर्देशन दिने र आर्थिक स्रोत जुटाउने व्यक्ति शाह हुन् भन्ने पुष्टि भइसकेको सुरक्षा निकायले जनाएको छ ।

    शाहलाई कारवाही गर्न विपक्षी दलहरुले पनि सरकारमाथि दबाब बढाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend