२०८३, आश्विन २२ गते

images
  • समाचार
  • आइतबार कार्यस्थलमा कालोपट्टी बाँधेर काम गर्न...

आइतबार कार्यस्थलमा कालोपट्टी बाँधेर काम गर्न सबै सञ्चारकर्मीलाई महासंघको आह्वान

आइतबार कार्यस्थलमा कालोपट्टी बाँधेर काम गर्न सबै सञ्चारकर्मीलाई महासंघको आह्वान

सीएनएन खबर
शनिवार, चैत्र १६ २०८१०५:१६
सीएनएन खबर
शनिवार, चैत्र १६ २०८१०५:१६
  • images

    काठमाडौँ । नेपाल पत्रकार महासंघले शुक्रबार तीनकुनेमा भएको घटनाको भत्र्सना गर्दै विरोध प्रकट गरेको छ ।

    महासंघको आज बसेको उपलब्ध केन्द्रीय समितिको आकस्मिक बैठकले शुक्रबारको घटनामा क्षति पुर्‍याइएका सञ्चारगृहको अनुगमन, घाइते सञ्चारकर्मी र हराएका सञ्चार सामग्रीको विवरण सङ्कलन गर्ने, आइतबार कार्यस्थलमा कालोपट्टी बाँधेर काम गर्न सबै सञ्चारकर्मीलाई आह्वान गर्ने निर्णय गरेको छ ।

    बैठकपछि जारी विज्ञप्तिमा महासंघले घटनाका सम्बन्धमा सोमबार केन्द्रीय समिति, प्रदेश समिति र शाखामार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने र मंगलबार सरोकारवाला संगठनसँग छलफल गर्ने निर्णय गरेको जनाएको छ ।

    समाचार संकलनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक कार्यरत सञ्चारगृह र उनको परिवारसँग छलफल गरी प्रतिवेदन तयार पार्न उपाध्यक्ष उमिदप्रसाद बागचन्दको नेतृत्वमा समिति पनि गठन गरेको जनाइएको छ । समितिका सदस्यहरुमा महासंघका सचिवहरू रमेश खतिवडा, सोनी शर्मा, प्रकाश धौलाकोटी र वैकुण्ठराज पराजुली रहेको महासंघका महासचिव रामप्रसाद दाहालले जानकारी दिए ।

    महासंघले हिजो भएको आन्दोलनमा सहभागी अराजक समूहले लगाएको आगोमा जलेर एक जना पत्रकारको मृत्यु भएको, विभिन्न सञ्चारगृहमा आगजनी र तोडफोड गरिएको, पत्रकार घाइते भएको र सञ्चार सामग्री हराएको घटनाको विरोधमा आज देशव्यापी विरोध प्रदर्शन समेत गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend